नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Thursday, March 11, 2021

कालिञ्चोक गाउँपालिकाले वनायो किवी पकेट क्षेत्र


दोलखा- कालिञ्चोक गाउँपालिकाले आज एक कार्यक्रमका विच गाउँपालिकाको वडा नं. १ क्याङ्पोल क्षेत्रमा किवि पकेट उद्घाटन गरेको छ । वडा नं. १ का वडा अध्यक्ष श्री बावुलाल थामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विन कुमार थामीले कृषकहरुको व्यवसायिक उत्पादन बृद्धिका लागि किविको पकेट क्षेत्र निर्माण गरिएको वताउनुभयो ।

यस गाउँपालिकामा क्रियाशिल रहेको नामसालिङ् र टुकी सिविन समेतको सहयोगमा सन्चालित यस किवि पकेट क्षेत्रमा कार्यक्रमका विशेष अतिथि किवि जोन दोलखाका कार्यालय प्रमुख याम कुमार श्रेष्ठले पकेट क्षेत्र विकास र विस्तारका लागि निरन्तर आर्थिक तथा प्राविधिक सहयोग गर्ने वताउनुभयो ।

करिव  दुई सय वत्तिस रोपनी क्षेत्रफलमा सन्चालन हुन लागेको यस किवी पकेट क्षेत्रमा २५००  किविको विरुवा रोपिनेछ । कृषि उत्पादन कम हुने वाँजो हिमाली क्षेत्रमा किवि व्यवसाय सन्चालन गरी आर्थिक आम्दानी हुनेमा स्थानिय थामी समुदाय लगायत अन्य समुदायहरु हर्षित भएका छन् । उक्त कार्यक्रमको सन्चालन कालिञ्चोक गाउँपालिकाका कृषि प्राविधिक शान्ति खड्काले गर्नुभएको थियो भने स्वागत मन्तव्य  नामसालिङ संस्थाका राजन केसीले गर्नुभएको थियाे




No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र