नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Saturday, February 6, 2021

थामी समुदायको मौलिक संस्कृति झल्किनेगरी हुलाक टिकट प्रकाशन हुने थामी समुदायको मौलिक संस्कृति झल्किनेगरी हुलाक टिकट प्रकाशन हुने

काठमाण्डौं - सरकारले अतिसिमान्तकृत थामी समुदायको मौलिक साँस्कृतिक पहिचान झल्किनेगरी हुलाक टिकट प्रकाशन गर्ने भएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले थामी जातीको मौलिकता झल्किने चित्र अंकित हुलाक टिकट प्रकाशन गर्ने प्रक्रिया अघि बढाएको हो । टिकट प्रकाशनका लागि थामी समुदायको साझा आधिकारिक संस्था नेपाल थामी समाजले सोमवार मन्त्रालयमा औपचारिक रुपमा मन्त्रालयमा प्रस्ताव पेश गरेको छ । समाजका केन्द्रीय तथा जिल्ला प्रतिनिधिहरुले संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई हुलाक टिकट प्रकाशनबारेको प्रस्तावसहितको आवेदन हस्तान्तरण गरे । प्रस्ताव बुझ्दै मन्त्री गुरुङले आदिवासी जनजाति समुदायको मौलिक संस्कृति संरक्षण र प्रवद्र्धन सरकारको प्राथमिकतामा रहेको भन्दै थामी जातिको संस्कृति झल्किने हुलाक टिकटपनि छिट्टै प्रकाशन हुनेगरी प्रक्रिया अघि बढाउने बताए । ‘हुलाक टिकट प्रकाशनको प्रक्रिया फास्टट्रयाकबाट अघि बढ्छ, मन्त्री गुरुङले भने, थामी जातीको अन्य विषय सम्वोधन गर्नपनि सरकार तयार छ, ।’ थामी समाजले बाह्रदेवा पूजा, भेषभुषा, ढ्याङ्ग्रो, थामी संस्कारमा प्रयोग हुे वाद्यवादन, टोटोलाको फुल अंकित एउटा नमुना र पिस्कर हत्याकाण्डका शहिदहरु ईली थामी र बीर बहादुर थामीको फोटोलाई नमुनाका रुपमा पेश गरेको छ । उक्त प्रस्ताव पेश गर्न नेपाल थामी समाजका पुर्व केन्द्रिय अध्यक्ष तथा कालिञ्चोक गाउँपालिका प्रमुख विन कुमार थामी, समाजका केन्द्रीय महासचिव लक्ष्मण थामी, केन्द्रीय कोषाध्यक्ष सपना थामी, केन्द्रीय सदस्य शंकर बहादुर थामी, दोलखा जिल्ला अध्यक्ष हरिश कुमार थामी, सचिव देविका थामी, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष शरण थामी, कलाकार रमण थामी, गणेश थामी, लिला बहादुर थामी, राखी थामी लगायतको टोली मन्त्रालय पुगेको थियो ।

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र