नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Sunday, February 7, 2021

आम हड्तालका लागि उपत्यकामा प्रचण्ड-माधवका ११ ‘कमान्डर’

 विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले आमहड्ताललाई सफल बनाउन राजधानीका प्रमुख स्थानका लागि ‘कमान्डर’ तोकेको छ। 

नेकपाले राजधानीका ११ स्थानको लागि स्थायी कमिटी सदस्यहरुलाई नै हड्तालका कमान्डर तोकिएको हो। 

कलङ्की क्षेत्रमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल, सातदोबाटोमा देव गुरुङ, पुल्चोकमा पम्फा भुसाल र कोटेश्वरको लागि लीलामणि पोखरेललाई कमाण्डर तोकिएको छ।

यस्तै चाबहिल क्षेत्रमा वर्षमान पुन र हरिबोल गजुरेल,  नारायणगोपाल चोक महाराजगञ्जमा शक्ति बस्नेत, गोंगबुमा भीम रावल,  बालाजुमा रघुजी पन्त र रत्नपार्कको लागि नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मालाई तोकेको छ। 

आमहड्तालको पूर्वसन्ध्यामा बुधबार साँझ प्रचण्ड–माधव पक्षले मसाल जुलुस समेत निकालेको छ। काठमाडौंका विभिन्न स्थानमा निकालिएको मसाल जुलुसमा उक्त समूहका सयौं कार्यकर्ता सहभागी थिए।

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र