नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Saturday, February 6, 2021

दोलखाको कालञ्चोक गाउँपालिकामा थामी जातिको विविध संस्कार सम्बन्धी शिलोके पालाखे लेखिँदै

नेपालको अतिसिमान्तकृत आदिवासी जनजातीमा सुचीकृत थामी समुदायको जन्म, मृत्य र विवाह लगाएतका महत्वपूर्ण सँ‌स्कार सँस्कृतिहरु सञ्चालन सम्बन्धी लिखित अभिलेख नभएको वर्तमान अवस्थामा थामी समुदायको सघन वसोवास क्षेत्र रहेको दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा थामी समुदायको महत्वपुर्ण सँस्कार सँस्कृति सम्बन्धी शिलोके पालाखे लेखन कार्यशाला सम्पन्न भएका छन् । 
 कालिञ्चोक गाउँपालिकाको पाँच लाख बरावर आर्थिक सहयोगमा नेपाल थामी समाज जिल्ला कार्य समिति दोलखाको समन्वय र नेपाल थामी समाज कालिञ्चोक गाउँ कार्यसमितिको आयोजनामा सञ्चालन भएको कार्यशाला यस गाउँपालिकाको वडा नं. १,२ र ५ मा सम्पन भैसकेको र वडा नं. ९ सुन्द्रावतीमा पनि कार्यशाला सञ्चालन गरिने आयोजकले जनाएको छ । 
 यी सबै वडामा सम्पन्न कार्यशालाहरुमा थामी समुदायका अग्रज गुरुआपाहरुवाट थामी समुदायको संस्कार सँस्कृति सम्बन्धि भिडियो सहितको शिलोके पालाखेको पाण्डुलिपि वा मस्यौदा तयार गरिने र अन्तिममा सबै क्षेत्र वा वडामा वसोवास गर्ने थामी समुदाय र देशै भरिका थामी समुदायको समेत सल्लाह सुझाबलाई समेटेर शिलोके पालाखेलाई अन्तिम रुप दिइ प्रकाशन गरिने कुरा नेपाल थामी समाजका कालिञ्चोक गाउँपालिकाका कार्यसमिति अध्यक्ष गणेश थामीलाई उधृत गर्दै प्रकाश थामीले जानकारी दिनुभयो । 
 यस कार्यक्रम सम्बन्धि कालिञ्चोक गाउँपालिका अध्यक्ष विन कुमार थामी अगाडी भन्नुहुन्छ, ”अतिसिमान्तकृत थामी समुदायको जन्म, मृत्यु र विवाह लगाएतका महत्वपूर्ण लोप उन्मुख संस्कार सँस्कृति सम्बन्धी निर्माण गर्न लागिएको लिखित थाङ्मी वेद ‘शिलोके पालाखे ‘ ले थामी जातीको संस्कार संस्कृति संरक्षणमा महत्वपूर्ण, ऐतिहाँसिक र अद्धितिय भुमिका निर्वाह गर्नेमा विश्वस्त छु ।“

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र