नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Tuesday, August 18, 2020

बाढी पहिरोपीडितको उद्धारमा कांग्रेसले पठायो ४५ लाख

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी पहिरोमा उद्धार र राहतका लागि ३० वटा जिल्लामा ४५ लाख रुपैयाँ रकम पठाएको छ ।
प्रत्येक जिल्लामा एक लाख ५० हजार रुपैयाँका दरले ३० जिल्लाका कांग्रेस कार्यसमितिलाई रकम पठाएको हो ।
कांग्रेसले लमजुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी र पर्सा जिल्लामा रकम पठाएको छ ।
त्यस्तै धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्कीलाई पनि रकम पठाएको कांग्रेसले जनाएको छ ।
यो रकमले बाढी–पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्वार र राहतको जिल्ला स्तरीय अभियानलाई बल पुर्‍याउने कांग्रेसले जनाएको छ ।

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र