नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Tuesday, August 18, 2020

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुग्यो











aकाठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ । सोमवार थप ३ मृत्यु भएको पुष्टी भएसँगै मृत्यु हुनेको संख्या १ सय ७ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त मृत्यु संख्या पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार कोरोनाबाट थप मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौँकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष रहेका छन् ।
यसैबीच नेपालमा सोमवार थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र