नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Saturday, June 27, 2020

कालिञ्चोक गाउँपालिकामा अनलाईनबाटै व्यक्तिगत घट्ना दर्ता

चरिकोट – कालिञ्चोक गाउँपालिकाले अनलाईन प्रणालीबाट व्यक्तिगत घट्ना दर्ता सुरु गरेको छ । सेवाग्राहीको सहजता, अभिलेखको दिगोपना र सुरक्षालाई मध्येनजर गर्दै गाउँपालिकाले व्यक्तिगत घट्ना अनलाईनबाटै दर्ता गर्न सकिने व्यवस्था मिलाएको हो ।
यसअघि जन्म, मृत्यु, विबाह, वसाईसराई, सम्बन्धविच्छेदका घट्नाको फाराम भर्न सेवाग्राही कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो । सर्बसाधरणले अब अनलाईनमा रहेको फाराम भरेपछि प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् । सम्भवतः दोलखामा पहिलो पटक कालिञ्चोक गाउँपालिकाले यो सेवा सुरु गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज ओलीले सेवाग्राहीको सहजता, व्यक्तिगत बिवरणलाई चुस्तदुरुस्त बनाउन, बिवरणलाई थप सुरक्षित गर्नका लागि प्रबिधिमैत्री सेवा सुरु गरिएको र यो सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाईने बताए । उनले हस्तलिखित प्रमाणपत्र जारी नगर्न र अनलाईन प्रणाली मार्फत घट्ना दर्ता सुरु गर्न प्रत्येक वडालाई निर्देशन दिएका छन् ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले संचालन गरेको सामाजिक सुरक्षा तथा व्यक्तिगत घट्ना सुदृढिकरण आयोजना अन्तर्गत गाउँपालिकाको सेवा ईकाईले अनलाईन प्रणाली सुरु गरेको हो ।
कालिञ्चोक गाउँपालिका पञ्जिकरण सेवा ईकाईका डम्बर थामीले अनलाईन प्रणाली सुरु भएसँगै सर्बसाधरणले सेवा लिन सुरु गरिसकेको जानकारी दिए । ३ दर्जन बढिले अनलाईन प्रणालीबाट घट्ना दर्ता गरिसकेका छन् ।
यस्तो छ, अनलाईन प्रणालीको फाईदा
अनलाईनमा व्यक्तिगत घटना दर्ता गर्दा अभिलेख नष्ट हुने सम्भावना कम हुन्छ । घटना दर्ताको अभिलेख हराउने, किर्ते गर्ने, व्यक्तिगत घटनाको विवरण अनावश्यक रुपमा हेरफेर गर्ने संभावना हुदैन । आवश्यक परेको समय घटना दर्ताको प्रमाणपत्र छिटो र सजिलै प्राप्त गर्न सकिन्छ ।
व्यक्तिगत घटना दर्ता प्रणालीवाट प्राप्त भएको १३ अङ्कको परिचय पत्र नम्वर उक्त व्यक्तिलाई राष्ट्रिय परिचय पत्र वनाउन, नागरिकता बनाउन, निर्वाचन आयोगमा मतदाता नामावलीमा प्रयोग गर्न आदि विविध मह्त्वपुर्ण कार्यमा व्यक्तिको जैविक र वैयक्तिक विवरण सुरक्षित गर्न प्रयोग गरिन्छ ।
त्यसैले जन्म मृत्यु वसाईसराइ विवाह सम्बन्ध विच्छेद आदि व्यक्तिगत घटनाहरुको अनलाईन प्रणालीवाट प्रमाणपत्र वितरण गर्नु बहुउपयोगि हुन्छ ।
सेवाग्राहीले कसरी प्रमाणपत्र पाउँछन् ?
इन्टरनेटको पहुँच पुगेको जुनसुकै स्थानबाट सेवाग्राहीहरुले फाराम भर्न सक्छन् । इन्टरनेटको पहुँच नपुगेको स्थानहरुमा सुचना फाराम भरेर त्यसलाई गाउँपालिकामा ल्याएर इन्ट्री गरी प्रमाण पत्र छापेर वडामा लगि स्थानिय पञ्जिकाधिकारी मार्फत प्रमाण पत्र र प्रतिलिपि प्राप्त गर्न सक्दछन् ।
सेवाग्राही आफैंले https://public.docr.gov.np/ साईटमा गई अनलाईन फाराम भरी मोवाईलमा प्राप्त भएको टोकन नं ३० दिन भित्र वडा कार्यालय वा गाउँपालिका कार्यालयमा सम्पर्क गरेर पनि व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र प्राप्त गर्न सक्छन् ।

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र