नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Saturday, June 27, 2020

जिम बन्द भए पनि प्रियंकालाई छैन समस्या

चलचित्र क्षेत्र गसिपमा रमाउँछ । गसिप बजारमा रमाउने कला केही कलाकारसँग मात्र हुन्छ । चलचित्रमा काम होस् या नहोस्, नायिका प्रियंका कार्कीलाई चर्चामा आउने उपाय राम्रैसँग थाहा छ । आलोचनाले घेरिए पनि यी नायिका त्यसलाई सहजै ग्रहण गरिदिन्छिन् । यसैले त उनलाई आलोचनाले फरक पार्न छाडिसकेको छ ।
बिहेलगत्तै लकडाउन भएका कारण नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज घरमै छन् । भैँसेपाटीको घरमा रहेका उनीहरूले युट्युब च्यानलमा खानाका विभिन्न परिकार पकाउन सिकाइरहेका छन् ।
उनै प्रियंकाले आयुष्मानसँगको एक तस्वीर पोस्ट गर्दै जिम बन्द भएपनि समस्या छैन भनेर लेखेकी छिन् ।
आयुष्मान र प्रियंका फिटनेसमा खुबै ख्याल गर्छन् । यसैले पनि जिम बन्द हुँदा धेरै कलाकारलाई समस्या परिरहेको छ । तर प्रियंकालाई भने कुनै फरक नपरेको उनले उल्लेख गरेकी छिन् ।

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र