नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Saturday, June 27, 2020

संविधान संशोधन विद्येयक राष्ट्रिय सभाबाट पनि सर्बसम्मतिले पारित

काठमाडौँ — अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा निशान छापमा समेट्न राष्ट्रिय सभामा पेश गरिएको संविधान संशोधन प्रस्ताव सर्वसममतिले पारित भएको छ । यसअघि उक्त संविधान संशोधन विद्येयक प्रतिनिधि सभाबाट पारित भैसकेको छ ।
नेपालको अध्यावधिक नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्न संविधान संशोधन गरिएको हो । राष्ट्रिय सभाको बिहीबारको बैठकमा संविधान संशोधन विधेयकमाथि मतविभाजन गर्दा उपस्थित सांसदहरू सबैले पक्षमा मतदान गरेका थिए । राष्ट्रिय सभामा ५७ सांसद छन् । ती बाहेक राष्ट्रिय सभामा एकजना मनोनित सांसदको सिट रिक्त छ भने अध्यक्ष मतदानमा सहभागी हुँदैनन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक राष्ट्रिय सभाबाट पारित गरियोस् भनेर प्रस्तुत गरेकी थिइन् । राष्ट्रिय सभाबाट पारित भएको सूचना प्रतिनिधि सभालाई दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले ले प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्नेछन् ।

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र