नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Sunday, June 21, 2020

हेपाटिक क्यान्सरका लागि अल्लो उपयोगी : अनुसन्धानकर्ता


काठमाडौँ — नेपालमा पाइने अल्लोमा औषधीय,कस्मेटिक र खाना योग्य गुणहरु प्रशस्त मात्रामा पाइएको एक अनुसन्धानले देखाएको छ । अल्लोमा फाइटोस्टेरोल, फाटिएसिड, क्यारोटिन्वाइड्स, पोलिफिनोल जस्ता तत्वहरु पाइएको हो । त्रिवि वनस्पति शास्त्र अध्ययन संस्थानका पीएचडी अध्ययनरत श्यामशरण श्रेष्ठसहित उनका सुपरीवेक्षकहरु प्राध्यापक संगिता राजभण्डारी, दीपकराज पन्त र पाडोभा विश्‍वविद्यालय इटालीका प्राध्यापक स्टेफानो डालआक्‍वा सम्मिलत अनुसन्धानले उक्त निष्कर्ष निकालेको हो । मोलिक्युल्स जर्नलमा प्रकाशित उक्त अनुसन्धानले नेपालमा पाइने अल्लो हेपाटिक क्यान्सरका लागि सबैभन्दा बढी उपयोगी देखिएको पनि जनाएको छ । अनुसन्धानकर्ता श्रेष्ठले कान्तिपुरलाई भने,‘अल्लोले हेपाटिक क्यान्सरका बिरामीलाई क्यान्सर लगाउने कोषहरु वृद्धि गर्न दिँदैन । यसमा भएका फाइटोस्टेरोलले कोष वृद्धि गर्न नदिने भएकाले अल्लो बहुउपयोगी छ ।’ फाइटोस्टेरोल तत्वले कलेजोमा क्यान्सर वृद्धि गर्ने कोषहरु रोकिदिने काम गर्ने अनुसन्धानकर्ता श्रेष्ठले बताए । अल्लोमा हुने तत्वले हेपाटिक, प्यानक्रियाटिक र ओभरियन सेललाइन विरुद्ध काम गर्ने देखिएको पनि उनले बतए ।

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र