नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Saturday, June 27, 2020

भारतमा रक्सी व्यापार गर्दै अमेजन कम्पनी

विश्वकै सबैभन्दा ठूलो इ-कमर्स कम्पनी अमेजनले भारतको पश्चिम बंगालमा रक्सीको अनलाइन कारोबार गर्ने भएको छ।रोयटर्सका अनुसार पश्चिम बंगालमा रक्सी डेलिभरी गर्नका लागि अमेजनले स्वीकृति पाएको हो । योसँगै अर्बौ‌ं डलरको भारतीय मदिरा व्यापारको क्षेत्रमा अमेजनको प्रवेश हुने भएको छ।
गत शुक्रबार पश्चिम बंगाल राज्य पेय पदार्थ निगमले एक सूचना जारी गरेको थियो । उक्त सूचनाअनुसार पश्चिम बंगालमा पेय पदार्थको अनलाइन खुद्रा कारोबारका लागि दर्ता हुन योग्य कम्पनीहरूमा अमेजन समेत परेको छ । उक्त सूचनामा राज्य सरकारसँगको एमओयूमा हस्ताक्षर गर्न आउनका लागि अमेजनलाई सूचित समेत गरेको छ ।


अमेजन मात्र होइन, चिनियाँ इ-कमर्स कम्पनी अलिबाबाको लगानी रहेको भारतको अनलाइन किराना स्टोर बिग बास्केटले पनि पश्चिम बंगालमा रक्सीको अनलाइन कारोबारका लागि अनुमति पाएको छ ।
भारतमा खाद्यान्नको अनलाइन कारोबार गर्ने अन्य दुई कम्पनी स्विग्गी र जोमाटोले गत महिनादेखि नै केही सहरहरूमा मदिराको अनलाइन कारोबार सुरु गरिसकेका छन् ।
स्मरण रहोस् पश्चिम बंगाल भारतको चौथो धेरै जनसंख्या भएको राज्य हो । जहाँको जनसंख्या ९ करोड रहेको छ । पश्चिम बंगालको मदिरा कारोबार उद्योगमा अमेजनको रुचिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भारतमा वर्षेनी २७ अर्ब २० करोड डलर बराबरको मदिराको कारोबार हुने गर्दछ । पश्चिम बंगालमा प्रवेश गरेसँगै अमेजनको नजर भारतभरको उक्त विशाल बजारमा हुनेछ ।
उसो त विश्वको दोश्रो धेरै जनसंख्या रहेको मुलुक भारतमा पछिल्लो समयमा अमेजनले आफ्नो इ-कमर्स व्यवसायलाई विस्तार गरिरहेको छ । आगामी दिनमा भारतीय बजारमा आफ्नो उपस्थितिलाई अझै मजबुत पार्नका लागि थप ६ अर्ब ५० करोड डलर लगानी गर्ने घोषणा गरिसकेको छ ।
भारतमा गत मार्चमा कोरोना भाइरसका कारण भएको लकडाउनसँगै विभिन्न राज्यमा मदिराको कारोबारमा रोक लगाइएको थियो । तर धेरै राज्यहरूमा लकडाउन खुलेसँगै मदिराको कारोबार पनि आकाशिएको छ । मदिरामाथि बन्देजलाई केही खुकुलो पारिएसँगै गत मे महिनामै भारतमा मदिरा पसलहरूमा ग्राहकहरूको ठूलो भिड लागेको देखिएको थियो । तथापि कोरोना भाइरसको महामारी बढिरहेको सन्दर्भमा सबै उपभोक्ताहरु अझै पनि मदिरा खरिदका लागि पसलसम्म जान हिच्किचाइरहेको सन्दर्भमा मदिरा उद्योगहरुले मदिराको अनलाइन कारोबारलाई खुल्ला गर्न सरकारसँग माग गरिरहेका छन् ।
स्मरण रहोस् भारतमा हरेक राज्यले आ आफ्नो मदिरा बिक्रि नीति लागू गर्ने गरेका छन् । गत महिना मात्रै पश्चिम बंगाल सरकारले ग्राहकहरुबाट अनलाइन मार्फत मदिराको अर्डर लिने, खरीद बिक्रि गर्ने तथा ग्राहकको घरसम्म पूराउने कार्यमा इच्छुक अनुमतिप्राप्त खुद्रा आउटलेटहरुलाई आवेदन दिनका लागि सार्वजनिक आव्हान गरेको थियो । सोही अनुसार अमेजन कम्पनीले समेत आवेदन दिएर छनोट भएको हो ।

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र