नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Saturday, June 20, 2020

दोलखामा नेगेटिभ, सिन्धुपाल्चोक पुग्दा कसरी भयो कोरोना संक्रमण ?





चरिकोट – दोलखादेखि गृहजिल्ला सिन्धुपाल्चोक फर्किएका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको ट्राभल हिष्ट्रि खोजी भएको छ । उनीहरु दोलखाको उत्तरी गौरीशंकर गाउँपालिका स्थित खानीखोला जलविद्युत आयोजनामा कार्यरत कामदार हुन् । त्यहाँ कार्यरत ५२ जना कामदारहरुको गत जेठ महिनामै पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाका अनुसार उनीहरुको ट्राभल हिष्ट्री बुझ्दा जिल्ला फर्किने क्रममा संक्रमण भएको हुनसक्ने सम्भावना प्रवल छ । जिल्ला फर्किने क्रममा भोर्लेसम्म हिडेर आएको १० जनाको टोली त्यहाँबाट तराईबाट आएको कन्टेनर चढेको थियो ।
कन्टेनगर आयोजनाकै सामान लिएर विरगञ्ज देखि आएको बताईएको छ । कन्टेनर त्यो दिन सदरमुकाम चरिकोट बास बसेको र होटलमा खाना खाएर उनीहरुले पनि सोही कन्टेनरमा रात बिताए ।
भोलीपल्ट विहान उनीहरु सिन्धुपाल्चोकको जिरो किलो भन्ने स्थानमा ठेकदारको सम्पर्कमा पुगेका थिए । त्यसपछि उनीहरुलाई मेलम्ची क्वारेटाईनमा पुर्याईएको थियो । त्यसको १४ दिनपछि गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
“सबैको एउटै ट्राभल हिष्ट्रि देखिएकाले तराईबाट आएको कन्टेनरका स्टाफबाट कोरोना संक्रमण भएको हुनसक्छ, जिल्लामा त्यस्तो ईन्फेक्सन देखिएको छैन, जिल्ला स्वास्थ्य प्रमुख झाले भने ।”
विगुमा आरडिटी रिपोर्ट पोजेटिभ
विगु गाउँपालिकाको क्वारेन्टाईनमा रहेका एक जनाको आरडिटी रिर्पोट पोजेटिभ देखिएको छ । उक्त क्वारेन्टाईनमा २१ जनालाई राखिएको छ । आरडीटी रिपोर्ट पोजेटिभ आएपछि सबैको नमुला संकलन गरी पीसीआर परीक्षणका लागि काठमाण्डौं पठाईदैछ ।

प्रकाशित मिति: शनिवार, असार ६, २०७७, ०७:२१:००

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र