नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Saturday, June 27, 2020

लकडाउनमा फिट केकी

तीन महिना लामो लकडाउनको समयमा केही कलाकार जिम जान नपाएर हैरान भए । जिम जान नपाउँदा आफ्नो शरीरलाई नियमित रुपमा मेन्टेन गर्दै आएका कलाकारलाई समस्या पर्यो । कतिपय कलाकारले भने घरमै योगा गरेर आफूलाई फिट राखे ।
दैनिक ३० मिनेट योगा र ३० मिनेट अन्य व्यायाम गरेर नायिका केकी अधिकारीले ६ केजी तौल घटाइन् । केकी भन्छिन्–‘अरू समयमा खासै मौका पाएको थिइनँ । लकडाउनमा दैनिक योगा र व्यायाम गर्दा ६ केजी घटेँ ।’
केकीले आफूले खानेकुरामा पनि विशेष ध्यान दिएको सुनाइन् । नायिका केकी अधिकारीलाई शरीर मेन्टेन राख्न नसकेको भन्दै आरोप पनि लाग्दै आएको थियो । केकीले लकडाउनको सदुपयोग गर्दै अब भने उक्त आरोपबाट आफूलाई मुक्त बनाएकी छिन्।
लकडाउन खुलेर सरकारले छायांकनका लागि अनुमति दिएसँगै केकी चलचित्रको काममा व्यस्त हुनेछिन् । उनले अभिनय गरिरहेको चलचित्र ‘परदेशी २’को काम रोकिएको छ ।

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र