नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Friday, June 26, 2020

तीन करोड नाघ्यो नेपालको जनसंख्या

काठमाडौँ — केन्द्रिय तथ्यांक विभागले नेपालको जनसंख्या ३ करोड नाघेको जनाएको छ । विभागको घडीमा शुक्रबार (असार १२ गते) देशको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको हाहे । विभागका निर्देशक ढुडिराज लामिछानेले राष्ट्रिय जनगणना २०६८ (सन् २०११) को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको बताए ।
अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार राष्ट्रिय जनगणना २०६८ को तथ्यांकलाई टेकेर २०७८ सम्मको जनसंख्या पूर्वानुमान गर्दा शुक्रवारबाट जनसंख्या तीन करोड नाघेको उनले बताए । बसाइँसराइँ, जन्म र मृत्युदरले जनसंख्या घडी निर्धारण गरिन्छ । मध्यजनसंख्या सिद्धान्तअनुसार हरेक वर्षको जुन २२ लाई आधार बनाएर निर्धारण गर्ने गरिन्छ । निर्धारित जनसंख्या सूत्रानुसार दैनिक औसत एक हजारदेखि एघार सय जनाका दरले यो संख्या बढ्दो छ ।
०६८ को तथ्याङ्कमा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको थियो । जनसंख्या वृद्धिदर १ दशमल ३५ प्रतिशत रहेको छ । त्यसबाहेक विदेशमा १९ लाख २१ हजार ४ सय ९४ रहेको देखाएको छ । १९६८ सालदेखि हरेक दश वर्षमा हुने राष्ट्रिय जनगणना हुँदै आएको छ । विभागले आउँदो वर्ष १२औं राष्ट्रिय जनगणना २०७८ जेठ २५ गतेबाट असार ८ गतेसम्म सम्पन्न गर्ने तयारी गरेको छ ।
घडीको यही सूत्रका आधारमा असार ८ गतेसम्म देशको कुल जनसख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना पुग्ने छ । त्यसमा १ करोड ५६ लाख ४३ हजार ८ सय ५३ महिला र पुरुषको संख्या १ करोड ४७ लाख ३४ हजार २ सय १ जना हुने विभागले जनाएको छ ।

प्रकाशित मिति: शुक्रवार, असार १२, २०७७, १२:३१:००

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र