नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Saturday, June 27, 2020

अस्ट्रेलियाले जित्यो ट्वान्टी-२० महिला विश्वकप

एजेन्सि - वुमेन्स ट्वान्टी २० विश्वकप-२०२० को उपाधि अस्ट्रेलियालेको छ । अस्ट्रेलियाले भारतलाई ८५ रनले पराजित गर्दै उपाधी जितेको हो । मेलबर्न क्रिकेट मैदानमा भएको खेल डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले सजिलै ८५ रनले जितेर उपाधि रक्षा गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा चार विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो।
प्रारम्भीक ब्याट्सवुमन बेथ मुनिले नटआउट रहेर ७८ रन बनाइन् । उनले पहिलो विकेटका लागि एल्सा हेलीसँग १ सय १५ रनको साझेदारी गरिन्। हेलीले ७५ रनको योगदान दिइन् । जवाफमा भारतले सबै विकेट गुमाएर १९।१ ओभरमा ९९ रन मात्र बनाउन सक्यो ।
भारतका लागि दीप्ति शर्माले सर्वाधिक ३३ रन बनाइन्। भारलते नियमित अन्तरले विकेट गुमाएपछि ८६ हजार भन्दा बढी दर्शक अगाडि कमजोर प्रदर्शन गरेको थियो । अस्ट्रेलियाले वुमेन्स ट्वान्टी-२० विश्वकप जितेको यो कीर्तिमान पाँचौं पल्ट हो। यसअघि उसले सन् २०१०, २०१२, २०१४ र २०१८ मा पनि उपाधि जितेको थियो ।

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र