नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Friday, June 26, 2020

मेलुङ गाउँपालिकाको बजेट ५२ करोड ११ लाख : पूर्वाधार र कृषिमा जोड (पूर्णपाठ)

चरिकोट — दोलखाको मेलुङ गाउँपालिकाले पूर्वाधार तथा आर्थिक सामाजिक विकासको सन्तुलनलाई ध्यान दिँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गरेको छ । आर्थिक वर्ष २०७७/७८ का लागि गाउँपालिकाले छैटौं गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा कुल ५२ करोड ११ लाख ३४ हजार ९ सय ६५ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट उत्कृष्ट बनाउने प्रयास गरिएको र अझै प्रभावकारी बनाउन थप गृहकार्य गरिने बताए ।
सार्वजानिक नीति तथा कार्यक्रम र बजेटमा स्थानीय सडक पूर्वाधार, समृद्ध मेलुङ गाउँपालिकाको आधार भन्ने नारा अघि सार्दै गाउँपालिकाले पालिका स्तरिय गौरवका सडक आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण सम्पन्न गर्न विशेष पहल गर्ने भएको छ । स्थानीय सडक, पुलपुलेसा लगायतका पूर्वाधार विकासका लागि १५ करोड ५० लाख रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ ।
शिक्षा क्षेत्रमा सबै मिली सामुदायिक विद्यालय शिक्षाको गुणस्तर बढाऔं, अन्त होईन आफ्नै विद्यालयमा पढाऔं भन्ने नारासहित अभियान संचालन गरिने भएको छ । शिक्षा तथा स्वास्थ्य सहितको सामाजिक विकासको क्षेत्रमा ४ करोड ९० लाख बजेट छुट्याईएको छ ।
यसैगरी आर्थिक विकास तर्फ कृषि र पशुपालनमा जोड दिँदै जैविक गाउँपालिकाको रुपमा विकास गर्दै लैजाने लक्ष्य लिईएको छ । कृषि, पशुपालन, उद्योग, पर्यटन लगायतको माध्यमबाट आर्थिक विकास गर्न ४ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । ग्रामिण औद्योगिक ग्राम स्थापना गरी रोजगारमूलक उद्यम विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै वातावरण तथा विपद व्यवस्थापन तर्फ एक करोड र संस्थागत विकास तथा सेवा प्रवाह तर्फ ७५ लाख खर्च हुने अनुमान छ ।
सुशासन, संस्कृति प्रवद्र्धन, खेलकुद तथा मनोरञ्जन, लैंगिक समानता तथा सामाजिक समावेशिकरण, जलविद्यूत तथा नविकरणीय उर्जा, सूचना तथा संचार लगायतका क्षेत्रलाई पनि नीति तथा कार्यक्रमले महत्वका साथ समेटेको छ ।
गाउँपालिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष कल्पना भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेश गरेकी हुन् ।
जस अन्तर्गत संघीय सरकारको वित्तिय समानीकरण अनुदान १२ करोड ३३ लाख, सशर्त अनुदान १९ करोड ७३ लाख, विशेष अनुदान ९० लाख, समपुरक अनुदान १ करोड ५० लाख, राजस्व वाँडफाँड ६ करोड ५९ लाख ५५ हजार ६ सय, प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान ९९ लाख ९१ हजार, सशर्त अनुदान १ करोड ९२ लाख ५९ हजार, समपुरक अनुदान ३ करोड प्राप्त हुने अनुमान पेश गरिएको छ ।
सवारी साधन कर बाँडफाँडतर्फ ८८ लाख १६ हजार ८ सय ५९, मुल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट उठेको अन्तशुल्क बाँडफाँड तर्फ ३ करोड ५२ लाख ६३ हजार ३ सय ७१, अनुमानित आन्तरिक आम्दानी १० लाख र गत आवको संचित कोष मौज्दात ६ करोड २४ लाख ९१ हजार ३ सय ५ रुपैयाँलाई पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको छ ।

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र