नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Thursday, June 25, 2020

अमेरिकामा दुई करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण हुनसक्ने

काठमाडौं - अमेरिकामा दुई करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण हुनसक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले गरेको अध्ययनमा यस्तो आशंका गरिएको हो । सीडीसीका डाइरेक्टर डा. रोबर्ट रेडभिफल्डले कोरोना संक्रमणको एउटा रिपोर्टले अन्य १० जनामा संक्रमण फैलिरहेको आँकलन गरिएको बताए ।
उनले महामारीको चपेटामा धेरैजसो युवाहरु पर्नेपनि बताए । यद्यपि युवाहरुको रोग प्रतिरोधक क्षमता बढी हुने भएकाले मृत्यु दरमा कमी आउने सीडीसीको आँकलन छ । युवाहरु बढी संक्रमित हुनुको कारण उनीहरुले प्रौढहरुले भन्दा कम सुरक्षाका उपाय अपनाउनु रहेको सीडीसीको संक्रामक रोग विशेषज्ञ डा. जोय बटलरले बताए । अमेरिकाले युवाहरुलाई जागरुक बनाउन टिकटक जस्ता सामाजिक सन्जालको प्रयोग गर्ने योजना बनाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि अमेरिकामा अझै कोरोना संक्रमण उच्च विन्दुमा पुगिनसकेको जनाएको छ । डब्लुएचओ आपतकालीन टिमका प्रमुख डा. माइक रियानका अनुसार आगामी दिनमा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या बढ्ने सम्भावना छ । 
एक तथ्यांकका अनुसार अमेरिकामा कोरोना संक्रमितहरुको संख्या २४ लाख ५२ हजार बढी छ । यस्तै मृत्यु हुनेहरुको संख्या १ लाख २५ हजारभन्दा बढी पुगेको छ ।

प्रकाशित मिति: शुक्रवार, असार १२, २०७७, ०७:४१:०

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र