नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Monday, May 25, 2020

अछाममा पनि भेटिए कोरोना संक्रमित

१२ जेठ, काठमाडौं । अछाममा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाम अस्पतालमा भर्ना भएका ३२ वर्षका पुरुषमा कोरोना संक्रमणभएको पुष्टि गरेकोहो । उनी अछामको मेल्लेख गाउँपालिकाका हुन् ।

त्यस्तै बर्दियामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियाको गुलरिया नगरपालकिाका २२, २४ र १८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



त्यस्तै वीरगञ्जको नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पनि सोमबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराको जिराभवानी गाउँपालिकाका १८ वर्षका पुरुष र काठमाडौं घर भई कलैया बारामा कार्यरत पुरुषमा पनि संक्रमण देखिएको छ ।

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र