नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Saturday, January 18, 2020

शैलुंङबाट सुनाखरी तस्करी

२९ पुष, दोलखा । दोलखाको शैलंग गाउँपालिकाबाट बहुमुल्य बनस्पति सुनाखरी चोरीनिकासि हुने गरेको पाईएको छ । शैलुंग गाउँपालिका ३ लाम्चेआहालबाट सिन्धुपाल्चोकतर्फ निकासि गर्दै गरिएको सुनाखरी प्रहरीले बरामद गरेको छ । बा ८७ प ९४४९ नम्बरको पल्सर बाईकमा मुडेतर्फ लैजादै गरिएको २३ किलोग्राम सुनाखरी प्रहरीले बरामद गरेको हो ।
मोटरसाईकलको पछाडी बोरामा राखिएको सुनाखरी गस्तीमा रहेको प्रहरी टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । सुनाखरी सँगै मोटरसाईकल चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ४ का ३५ वर्षिय निर बहादर श्रेष्ठलाई पनि प्रहरी नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रुक्शा बज्राचार्यले जानकारी दिईन् ।
बहुमूल्य जडिबुटी तथा वन्यजन्तु ओसारपसारविरुद्धको अभिसन्धि (साइटिस० ले रक्तचन्द र सुनाखरीलगायतको ओसारपसारमा रोक लगाएको छ । नेपाल साइटिसको पक्षधर राष्ट्र भएकाले यसको कारोबारलाई अवैध मानिन्छ ।

No comments:

Post a Comment



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र