नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Saturday, January 18, 2020

एक महिनामै ३० हजार बढि पर्यटकले गरे कालिञ्चोक भ्रमण


२९ पुष, दोलखा । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल कालिञ्चोकमा एक महिनाको अबधिमै तीसाँै हजार पर्यटकले भ्रमण गरेका छन् । पुषको सुरुदेखि मंगलबारसम्म ३० हजार भन्दा बढि आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेका हुन् ।
दुई पटकसम्म हिमपात भएपछि कालिञ्चोक भ्रमणमा आउने पर्यटकको संख्या ह्वात्तै बढेको हो । कालिञ्चोक भगवतीको दर्शन र यहाँको सुन्दरतासँग रमाउन यहाँ वर्षेनी हज्जारौँ पर्यटक भ्रमणमा आउने गर्छन् । कालिञ्चोक दर्शन लिमिटेडका कार्यकारी निर्देशक अशोक शिवाकोटीले पुष महिनामा मात्रै २३ हजार भन्दा बढि पर्यटक केबुलकार मार्फत कालिञ्चोक मन्दिर पुगेको जानकारी दिए ।
उनका अनुसार यो अबधिमा केवुलकार बाहेक दशौँ हजार पर्यटक पैदल मार्फत मन्दिरको दर्शन गर्न पुगेको अनुमान छ । हिउँ खेल्दै प्राकृतिक सुन्दरतासँग रमाउन र कालिञ्चोक भगवतीको दर्शन गर्न दैनिक पर्यटकको भिड लाग्ने गरेको छ । विशेषगरी छिमेकी देश भारत र काठमाण्डौँदेखि पर्यटकहरु कालिञ्चोक भित्रिएका छन् ।
हिमपातको सिजनमा नियमित भन्दा दोब्बर÷तेब्बर पर्यटक कालिञ्चोक भित्रिने गरेको व्यवसायीहरु बताउँछन् । स्थानीय होटल व्यवसायी कृष्ण पाख्रिनले तुलनात्मक रुपमा हिँउको सिजनमा पर्यटकको आवागमन तिव्र हुने गरेको बताए ।
काठमाण्डौँबाट नजिकैको दुरी र प्राकृतिक मनोरमताले पर्यटकको पहिलो रोजाई कालिञ्चोक बन्ने गरेको छ । हिँउसँगै कालिञ्चोक भगवतीको दर्शन, रोल्वालिङ र लाङटाङ हिमश्रृङखलाहरुको दृष्यावलोकनको अभुतपुर्व मज्जा लिन पाईने भएपछि कालिञ्चोक भ्रमणमा निस्कने पर्यटकहरुको संख्या अधिक रहेको व्यवसायी चन्द्र कुमार लामा बताउँछन् ।

1 comment:



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र